Logo
Logo

क्यानडामा अत्यधिक गर्मी, २ सय बढीको मृत्यु


दृष्टि संवाददाता


एजेन्सी । क्यानडामा अत्यधिक गर्मीका कारण गत शुक्रबार यता २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम अत्यधिक बढेको हो । गत मंगलबारमात्रै क्यानडाको लिटनमा हालसम्मकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ ।

मंगलबार सो क्षेत्रको तापक्रम ४९.५ डिग्रिसेल्सियस मापन गरिएको छ । आइतबार ४६.६ डिग्रिसेल्सियस थियो भने सोमबार बढेर ४७.९ डिग्रिसेल्सियस पुगेको थियो ।भ्यान्कुभरमा मात्र गर्मीका कारण ६५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्