Logo
Logo

खस्यो ट्रकमाथि नै पहिरो


दृष्टि संवाददाता


काठमाडौं । नारायणघाट-मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमाथि पहिरो खसेको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलवीरे नजिकै जाममा रहेको ट्रकमाथि पहिरो खसेको हो । शुक्रबार (आज) बिहान करिब ७ बजेतिर खसेको पहिरोले एकको एक छेउ पुरेको छ ।

पहिरोले नारायणघाटबाट मुग्लिनतर्फ सामान लिएर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ । पहिरोले यात्रुबहाक एक बसमा पनि क्षति पुर्‍याएको छ ।

बिहीबारदेखि यो सडकखण्डका विभिन्न ठाउँमा पहिरो र ठूला ढुंगा खसेका छन् । अवरूद्ध सडक खुलाउन सडक विभाग, प्रहरी र प्रशासन लागिपरेको छ ।

पानी परिरहेकोले चारकिलो, पाँचकिलो र दासढुंगालगायत ठाउँमा पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरो हटाउँदै सडक सुचारू गर्ने काम भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्