Logo
Logo

सात लाखको सुनको माला लगाएर आएका चिनियाँ नागरिक विमानस्थलमा पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १९ चैत ।
सुनको माला लगाएर आएका एक चिनियाँ नागरिक विमानस्थलमा पक्राउ परेका छन् । चीनको कुनमिङबाट आएका वाङ झिकाङलाई प्रहरीले पक्राउ गरेको हो ।

बरामत माला


उनले एक सय ३९ ग्रामको सुनको माला लगाएका थिए । नेपालको भन्सार नियमअनुसार ४० ग्राम भन्दा धेरै सुनका गहना नेपाल ल्याउन पाइदैन । उनले लगाएको सुनको गहनाको मूल्य सात लाख ११ हजार रुपैयाँ छ ।
भन्सार पास भइसकेपछि गोल्डेन गेट एरियामा उनी पक्राउ परेका हुन् । तस्करीकै उदेश्यले उनले सो माला लगाएर आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीविरुद्ध भन्सार कार्यालयले कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्