Logo
Logo

युरो कप : पहिलोपटक स्पेन र स्विजरल्यान्ड भिड्दै


दृष्टि संवाददाता


एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र स्विजरल्यान्ड भिड्दै छन् । खेल नेपाली समयअनुसार रातको ९ः४५ बजे सुरु हुनेछ ।

राउन्ड अफ १६ मा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अघि बढेको स्विजरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेका थियो । स्पेनले भने
क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै राउन्ड अफ १६ पार गर्न सफल भएको थियो ।

स्पेन र स्विजरल्यान्ड युरोमा पहिलो पटक आमने सामने हुन लागेका हुन् । यसअघि विश्वकपमा भने यी दुई टोलीले तीन पटक खेल्दै स्पेनले दुई तथा स्विजरल्यान्डले एक जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्