
काठमाडाैं । नेकपा (एमाले)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पेस भएको हस्ताक्षर फिर्ता लिन दिएको तीनदिने अल्टिमेटमको कुनै अर्थ नहुने बताएकी छन्।
शुक्रबार ओलीपक्षको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर मुद्दामा गरेको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।
माधवकुमार नेपालसहित बसेर गरेको केन्द्रीय कमिटीको निर्णय सहमति/असहमति जे भए पनि मान्न भने बाध्य हुने झाँक्रीले बताइन् ।











