
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । आज (शुक्रबार) सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँ घटेको हो ।
आज सुन घटेर प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















