Logo
Logo

असार २४ देखि निरन्तर खोप आपूर्ति


दृष्टि संवाददाता



काठमाडौं । कोरोना विरुद्वको खोप चीनबाट अवदेखि निरन्तर नेपाल आउने भएको छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनी बीच खोप खरिदको सम्झौता भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त खोप खरिद बारे सम्झौता भएको कुराको जानकारी गराएको हो ।

सम्झौता अनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिक रुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।

खोपको निरन्तर आपूर्तिबाट कोभिड विरुद्वको खोप अभियान सुचारु हुने गरि व्यावस्था मिलाइएको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्