Logo
Logo

छोरीलाई यौन दुर्व्यबहार गर्ने बाबु पक्राउ


दृष्टि संवाददाता

693
Shares

भक्तपुर । प्रहरीले आफ्नै छोरीलाई यौन दुर्व्यबहार गर्ने बाबुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

गत जेठको १० गते दिउँसो चाँगुनारायण नगरपालिका—८ सुडालस्थित आफ्नै कोठामा परिवारका अरु कोही नभएको मौकामा आफ्नै बाबुले छोरीको सम्बेदनशील अङ्गमा छुने, समाउने गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बाबुले पटकपटक छोरीलाई कोठामा र एकान्त पाउने बित्तिकै त्यस्तै गतिविधि गरेको भन्दै १५ वर्षकी छोरीले ३१ वर्षका बाबुविरुद्ध प्रहरी बृत्त जगातीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेकाे हाे ।

हिजो शुक्रबार जिल्ला अदालत भक्तपुरका म्याद थप गर्दै कारवाही तथा अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्