Logo
Logo

ज्योति विकास बैंकद्वारा साढे १ अर्बको ऋणपत्र निष्काशन


दृष्टि संवाददाता


काठमाडौं । ज्योति विकास बैंकले आफ्नो ऋणपत्र निष्काशन गरेको छ । बैंकले एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्काशन खुल्ला गरेको हो ।

बैंकले निष्काशनको निमित्त एनआइबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । बैंकले ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिकरुपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिका लागि ऋणपत्र निष्काशन गरेको हो ।

१.५ अर्बको ऋणपत्र मध्ये सर्वसाधारण लगानीकर्ताका लागि ६० करोड र व्यक्तिगतरविभिन्न संघसंस्थाका लागि ९० करोड निष्काशन तथा बिक्री खुला गरिएको छ । उक्त ऋणपत्रमा न्युनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ ।

लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटिएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्