Logo
Logo

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई


252
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री वाग्लेलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री बालेनको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् । प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् । उनले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली समयअनुसार उनको सम्बोधन असोज ९ गते बिहान हुनेछ ।

महासभामा सहभागी भएर प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । त्यस अवधिसम्म अर्थमन्त्री वाग्लेले कार्यवाहक प्रधानमन्त्रीका रूपमा सरकारको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्