Logo
Logo

१ हजार ६०३ मा कोरोना पुष्टि, २ हजार ५५२ जना संक्रमणमुक्त


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । नेपालमा थप १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ४ हजार ८७६ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ४२ जना र ३ हजार २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टाको अवधिमा देशभर गरी २७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ ।

गत २४ घण्टाभित्र नेपालमा थप दुई हजार ५५२ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख नौ हजार २१८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्