काठमाडौं । झापाको दमकस्थित भाट-भटेनी सुपर स्टोर २०८३ साल मंसिर ५ गते भोली शनिबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । कम्पनीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सोबारे जानकारी गराएको हो ।

भाट-भटेनी सुपर मार्केट प्रा. लि.का प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार उक्त स्टोर भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ ।
जेनजी आन्दोलनको क्रममा आगजनीमा परेर ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई निरन्तरता दिएको कम्पनीले जनाएको छ । भाटभटेनीले आगजनीमा पर्दा पनि कम्पनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा कुनैअसर पर्न नदिएको जनाएको छ ।
पूर्णरूपमा आगजनी भएका स्टोरहरूको पुनःनिर्माण स्वाभाविक रूपमा ठूलो समय, स्रोत तथा लगानी आवश्यक पर्ने प्रक्रिया भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुनः सेवा उपलब्ध गराउन सफल भएको भााटभटेनीले जनाएको छ ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको पौडेलले बताएका छन् । यस अवसरमा भाट-भटेनी सम्पूर्ण ग्राहक वर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हामी हार्दिक आभार व्यक्त गरेको छ ।
भाट–भटेनीले दुःखमा साथ दिने सम्पूर्ण सहयोगी हातहरू, चौबीसै घण्टा खटेर पुनःनिर्माणको काममा साथ दिने कर्मचारीवर्ग, स्टोर पुनःसञ्चालनको पर्खाइमा बस्नुभएका भगवान् रुपी ग्राहकप्रति हामी नमन व्यक्त गरेको छ ।


















