Logo
Logo

दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


दृष्टि संवाददाता


काठमाडौँ । सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधुसुधन बुर्लाकोटी र शुशिल चन्द्र तिवारीलाई सचिवमा बढुवा गर्न निणर्य गरेको हो ।

बुर्लाकोटी प्रशासनतर्फ एक नम्बरमा सिफारिस हुन् भने तिवारील प्राविधितर्फका पहिलो नम्बरमा परेका हुन् । बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए । तिवारी भने लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा थिए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि १ नम्बरमा बुर्लाकोटी २ नम्बरमा कृष्णहरी पुष्कर र ३ नम्बरमा खगेन्द्र प्रसाद नेपालको नाम सिफारिस गरेको थियो ।

यस्तै प्राविधिकतर्फ पनि बढुवा समितिले १ नम्बरमा तिवारी, २ नम्बरमा गोपाल सिग्देल र ३ नम्बरमा राजेन्द्र प्रसाद खनालको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्