Logo
Logo
जसपा विवाद

जसपाका नेता मिल्न नसकेपछि फुट्न तयार !


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) एकताको सम्भावना लगभग सकिएको छ । अध्यक्ष उपेन्द्र यादव समूह र अर्का अध्यक्ष महन्थ ठकुर समूह आ–आफ्नो बाटो लाग्नु नै उचित हुने निष्कर्षमा पुगेका छन् ।

जसपाको विवाद मिलाउन निर्वाचन आयोगले मंगलबार दुबै पक्षलाई आयोगमा छलफलका लागि बोलाएको थियो । छलफलमा दुबै पक्षको अडान यथावत रह्यो । छलफलमा आफ्नो अडान नछोडेका दुबै समूहका नेताले यस्तो अवस्थामा एक ठाउँमा रहन नसकिने भन्दै आ–आफ्नै बाटो रोज्नु नै उत्तम हुने प्रतिकृया दिएका छन् । छलफलमा सहभागी नेताहरुले भने- ‘अब आ–आफ्नै बाटो लाग्नु नै उत्तम हुन्छ ।’

मंगलबारको छलफलमा सहमति जुट्न नसकेपछि अब दुबै समूहले आधिकारिकता दावी गर्ने भएका छन् । निर्वाचन आयोगले दुबै समूहलाई आधिकारिकता दावी गर्न भनेको छ ।

दुई समूहबीच कुरा नमिलेपछि आयोगले जसपाको विवाद समाधानका लागि इजलास गठन गर्ने भएको छ । दुबै समूहले बुधबार आधिकारिकता दावी गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्