Logo
Logo

नेपाल एयरलाइन्सको कार्यालयमा लगाएको ताला प्रहरीले खोल्यो


दृष्टि संवाददाता


काठमाडौं । कर्मचारीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)मा लगाएको ताला प्रहरीले खेलेको छ ।

नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले महाप्रवन्धकको कार्यकक्षमा शुक्रबार तालाबन्दी गरेको थियो । उक्त ताला प्रहरले मंगलबार दिउँसो खोलेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिनु अनुरोध गरेबमोजिम पुगेको प्रहरीले ताला खोलेको हो । निगमका कर्मचारीहरुले भने प्रहरीले जबर्जस्ती ताला खोलेको भन्दै विरोध जारी राखेका छन् ।

निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्