Logo
Logo

काेभिड-१९ माथि राजनीति नगर्न चिनियाँ राष्ट्रपतिकाे आग्रह


दृष्टि संवाददाता


काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिन पीङले काेभिड-१९ माथि राजनीति गर्न नहुने बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी र विभिन्न देशका राजनीतिक दल तथा संगठनहरुको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति तथा पार्टी महासचिव सीले कोभिड १९ को समाधान गर्नका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि चीनले कुनै कसर बाँकी नराख्ने बताउँदै राजनीति गर्न नहुने समेत बताए ।

सम्बोधनको क्रममा राष्ट्रपति सीले कोभिड १९ माथि हुने राजनीति वा भाइरसलाई भौगोलिक नाम दिने कुराको विरोध गर्नु पर्ने पनि बताए। खोपमा रहेको विभेद अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। 

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले कहिल्यै पनि प्रभुत्व स्थापना वा प्रभाव क्षेत्र निर्माण गर्न नखोज्ने बताए।

 उनले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्