Logo
Logo

इटालीको अपराजित यात्रा- अन्तर्राष्ट्रिय फुटबलमा निरन्तर ३३ जीत


दृष्टि संवाददाता


काठमाडौं । युरोकपको यो सिजनमा उपाधि दौडमा रहेको स्पेनलाई गएराती टाइब्रेकरमा हराएसँगै इटालीको अन्तर्राष्ट्रिय फुटबलमा अपराजित खेल संख्या ३३ पुगेको छ ।

सेप्टेम्बर २०१८ यता इटाली अपराजित यात्रामा छ । उसले पछिल्लो पटक २८ खेल जितेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।इटालीको टोली १९३० को दशकको मध्यतिर पनि ३१ खेलसम्म अपराजित थियो । त्यतिबेला उसले विश्वकप र ओलम्पिक खेलकुदमा स्वर्ण जित्यो ।

जारी युरोकपमा अहिलेको टोलीले बेल्जियमविरुद्धको खेलमा ३२ औं जीत दर्ता गर्दैै उक्त किर्तिमान भंग गरेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा इटालीबाहेक ब्राजिल र स्पेनले मात्रै यति लामो अपराजित यात्रा गरेका छन् । ब्राजिलले ९० को दशक र स्पेनले २००७ देखि २००९ सम्मका अवधिमा ३५ खेलसम्म अपराजितलेका थिए ।

प्रतिक्रिया दिनुहोस्