Logo
Logo

विपद्सँग जुध्न लायन्सले दियो तालिम


दृष्टि संवाददाता


काठमाडाैं । विपद्सँग जुध्न लाइन्स क्लव अफ काठमाडौं सिम्रिकले तालिम दिएकाे छ । भूकम्प, आगलागी, बाढी पहिरो जस्ता विपद्मा परेकाको उद्दार तथा प्राथमिक उपाचार विधिका बारेमा तालिम दिइएको हो ।

डा. प्रणव कर्माचार्यकाे नेतृत्वमा लियो क्लव तथा गोकर्णेश्वर र नेसलन ओपन स्काउट कृयु रोभर/रेञ्जरको सहभागितामा तालिम दिइएकाे थियाे । स्काउट लिडर सुरज खनाल, विदुर गिरी, मलिना महर्जन, प्रसिल प्रधान, राजकुमार थापा, अस्मिता श्रेष्ठ, राम श्रेष्ठ, मेहेक खातुन गुरुङ र हिना श्रेष्ठले तालिम दलमा रहेर प्रशिक्षण दिएका थिए ।

तालिम समापन कार्यक्रममा लाइन्स क्लब इन्टरनेसन डिष्ट्रिक ३२५ ए १ का गर्भनर रेवतबहादुर कार्कीले तालिमले लाइन्सको समाजसेवाको उद्देश्यमा थप प्राविधिक जनशक्तिले सु–शोभित भएको भन्दै खुशी व्यक्त गरे ।

क्लव सिम्रिकको मातहतमा रहने तालिम प्राप्त युवाको समूहलाई ‘स्मार्ट विपद व्यवस्थापन समूह’ नामाकरण गरिएको छ । स्मार्टलाई विपद व्यवस्थापनमा आवश्यक पर्ने सामाग्री डिष्ट्रिक ३२५ ए १ को तर्फबाट सक्दो सहयोग गर्ने गर्भनर कार्कीले प्रतिवद्धता समेत जाहेर गरे ।

कार्यक्रममा लाइन्स क्लब इन्टरनेसन डिष्ट्रिक ३२५ ए १ का प्रथम भाइस गर्भनर कर्म गुरुङ लगायत लाइन्स तथा स्काउटका लिडरहरुको समेत उपस्थिती थियो ।

पाँच दिनसम्म सञ्चालन भएको तालिममा ३२ जना लाइन्स तथा स्काउट रोभर÷रेञ्जरहरुको सहभागिता थियो । ति मध्य २२ जना तालिममा उत्तीर्ण भएका थिए । सहभागीले तालिममा आफूले सिकेका ज्ञानको प्रदर्शन समेत गरेका थिए ।

तालिम लाइन्स क्लव अफ काठमाडौं सिम्रिकका विपद व्यवस्थापन प्रमुख कृष्ण श्रेष्ठको संयोजकत्वमा गोकर्णस्थित वल्र्ड युथ इन्टरनेसनल स्कुलको प्राङगणमा सम्पन्न भएको थियो ।

तालिमका केही तस्वीरहरू :

प्रतिक्रिया दिनुहोस्