काठमाडौं । विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक एमाले नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बस्न लागेको हो ।
गठबन्धनको बैठक साँझ ५ बजे बस्दै छ । नेता नेपाल विरामी भएकाले उनकै निवासमा गठबन्धनको बैठक बस्न लागेकाे हाे ।
नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष,जनता समाजवादी पार्टीको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चाको बैठक आज साँझ पाँच बजे सिंहदरबारमा बस्ने भएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘अहिले हामी माधवजीसमेत ५ दलको बैठक बस्ने निर्णय गरिसकेका छौं । बैठक बसेर गठबन्धनलाई नै सुदृढ गरेर लैजाने कोशिशमा हुन्छौं ।’












