Logo
Logo

एमालेकाे निष्कर्ष- सर्वाेच्चकाे आदेश लोकतन्त्रको मूल्य मान्यता विपरीत


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेले सर्वाेच्चकाे आदेश लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले अदालतबाटै प्रधानमन्त्री चयन गर्ने काम आदेश लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको हो ।

बैठकले अदालतको आदेश अनेपेक्षित र त्रुटिपूर्ण भए पनि फैसला कार्यान्वयन गर्ने जनाएको छ । त्यस्तै बैठकले सर्वोच्चको आदेशले शक्ति सन्तुलनको पिल्लरलाई हल्लाइदिने काम गरेको निष्कर्ष निकालिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

सर्वोच्चको फैसलाले दलहरुले संघर्ष गरेर ३२ वर्षअघि समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभास भएको एमालेले जनाएको छ । एमालेले सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिबारे औपचारिक धारणा तय गर्न स्थायी कमिटीको औपचारिक बैठक मंगलबार बोलाएको छ ।

स्थायी कमिटीको अनौपचारिक बैठकमै वार्ता टोलीका माधव नेपाल पक्षीय संयोजक भीम रावलले कार्यदलको प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्