Logo
Logo

जनकपुरमा दीप प्रज्वलन गरेर सर्वोच्चको फैसलाको स्वागत


दृष्टि संवाददाता


काठमाडाैं । संयुक्त लोकतान्त्रिक गठबन्धनले जनकपुरमा सर्वोच्च अदालतले गरेको संसद पुन:स्थापनाको फैसलाको स्वागतमा दीप प्रज्वलन गरेकाे छ ।

नेपाली काँग्रेस, नेकपा एमाले माधव समूह, नेकपा माओवादी केन्द्र र जसपाले सर्वोच्चको फैसलाको स्वागतमा दीप प्रज्वलन गरिएकाे हाे ।

र्याली जनकचोक पुगेर कोणसभामा परिणत भई दीप प्रज्जलन गरी स्वागत गरेका छन् । संयुक्त गठबन्धनका नेता एवम् कार्यकर्ताहरूले ¥यालीमा ओलीलाई विरोध गर्दै नाराबाजी गरेका थिए भने फैसला गर्ने न्यायाधीशहको समर्थनमा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्