Logo
Logo

आज साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिँदै देउवा


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आझ साँझ ६ बजे प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै राष्ट्रपति कार्यालयले शपथको तयारी अघि बढाएको हो । राष्ट्रपति कार्यालयले साँझ ६ बजे शीलनिवासमा शपथ समारोह आयोजना गर्ने छ ।

मंगलबार नै संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

गत जेठ ७ गते देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गरेता पनि राष्ट्रपतिले अस्वीकार गरिदिएकी थिइन् । तर, त्यसविरुद्ध १४६ जना सांसद सर्वोच्च अदालत पुगेका थिए । उक्त मुद्दामा सर्वोच्चले साेमबार फैसला सुनाएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्