Logo
Logo

देउवा नेतृत्वकाे सरकारमा जसपा तत्काल नजाने


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

जसपाको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेर केही मन्त्रीहरुको पनि शपथ ग्रहण गराउने तयारी गरेका छन् । जसपाले भने केही दिनपछि मात्रै मन्त्री पठाउने निर्णय गरेको हो ।

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न मंगलबार जसपाले बालकुमारीस्थित कार्यालयमा कार्यकारिणी समिति सदस्य र सांसदहरुको भेला बोलाएको थियो।

प्रतिक्रिया दिनुहोस्