Logo
Logo

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सपथ ग्रहण


दृष्टि संवाददाता


काठमाडाैं । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएका छन् । सर्वाेच्च अदालतकाे परमादेशपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्दै सपथ लिएका हुन् ।

देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

देउवाले आफू संविधानको धारा ७६ (५) अनुसार नियुक्त भएको बताउँदै त्यसैअनुसारको नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख हुनुपर्ने अडान लिएपछि शपथ ग्रहण दुई घण्टा ढिलो भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्