Logo
Logo
भारतीय नजरमा देउवा :

देउवा भारतीय संस्थापनको परम्परागत मित्र !


दृष्टि समाचारदाता


काठमाडौं । नेपालको राजनीतिक घटनाक्रममा भारतीय पक्षयले प्रत्यक्ष सरोकार राख्छ । त्यसैले नेपालका हरेक राजनीतिक घटनाक्रम त्यहाँ छलफल र चर्चाको बिषय बन्ने गर्दछ ।

बिगत झै यस पटक पनि नयाँ सरकार गठनको बिषयले त्यहाँका अखबारमा प्राथमिकता पायो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको विषय भारतीय संचारमाध्यममा प्राथमिकताका साथ प्रकाशित छन् । प्रतिष्ठित संचारमाध्यमले सम्पादकीय नै लेखेका छन् ।

अधिकांस संचारमाध्यमले ‘न्यायालयले संसद पुनःस्थापना गर्नु प्रजातन्त्रको उद्धार’ भनेका छन् । धेरैले नयाँ प्रधानमन्त्रीको आगमनसँगै भारत–नेपाल सम्बन्ध र भारतले लिनसक्ने फाइदाबारे लेखेको छन् ।

नेपाली राजनीतिमा भारतीय चाहनाको प्रभाव रहँदै आएको छ । त्यसैले नेपाली जनसमुदायमा भारत विरोधी मानसिकता बढ्दै गएको छ । त्यसैले भारीतय पक्ष नेपाली राजनीतिमा खुलेआम खेल्न सकिरहेको छैन । टाइम्स अफ इन्डियाले यस्तै विषयसँग सम्बन्ध राख्ने लेखेको छ । टाइम्स अफ इन्डियाले नयाँदिल्लीले नेपालको राजनीतिक घटनाक्रमका सम्बन्धमा तटस्थ अडान लिनुपर्ने उल्लेख गरेको छ ।

कतिपय संचारमाध्यमले भने भारत र देउवाको सम्बन्धबारे पनि लेखेको छन् । देउवा अपरिचित व्यक्ति नभएको र भारतीय राजनीतिक संस्थापनको परम्परागत मित्र भएकोसमेत भनेका छन् ।

देउवाको आगमनबाट भारतीय पक्षमा सहयोगको अपेक्षा पलाएको समेत कतिपयले लेखेका छन् । दि इन्डियन एक्सप्रेसले सम्पादीयमा लेखेको छ– ‘लदाख क्षेत्रको लाइन अफ कन्ट्रोलमा चिनियाँ सेनाको सम्बन्धमा हाई अलर्टमा रहेको समयमा काठमाडौं मित्र हुँदा सहयोग मिल्नेछ ।’

दि हिन्दुस्तानटाइम्स दैनिकले ‘नेपालको प्रजातन्त्रलाई न्यायालयले उद्धार गर्यो’ भन्दै सम्पादकीय लेख्यो ।

प्रतिक्रिया दिनुहोस्