Logo
Logo

माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

अहिले नेपालको निवासमा दुई नेताबीच छलफल जारी छ । प्रधानमन्त्री देउवालाई माधव नेपालले नै आफ्नो निवासमा निम्तो दिएका थिए । नेपाल मंगलबार भएको देउवाको सपथ ग्रहणमा पनि सहभागी भएका थिए ।

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बन्न एमालेको माधव पक्षका २३ जना सांसदहरूले देउवालाई समर्थन दिएका थिए ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । नेपाल समूहका सांसदले मत नदिए देउवालाई हालकै अवस्थामा विश्वासको मत पुर्‍याउन समस्या हुने देखिन्छ।

केपी शर्मा ओलीविरूद्ध गठबन्धन गर्दा नेपाल र देउवा सँगै थिए । सर्वोच्चको फैसलापछि नेपालले अब आफू गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्