Logo
Logo

प्रधानमन्त्री देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक


दृष्टि संवाददाता

1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार २ बजेका लागि बैठक बोलाएका हुन् । बैठक बुढानीलकण्ठस्थित देउवा निवासमै बस्ने छ । बैठकमा नयाँ सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र आसन्न महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्