Logo
Logo

राष्ट्रपतिद्वारा संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को अधिवेशन आह्वान गरेकी छन् । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा साउन ३ गतेका लागि अधिवेशन आह्वान गरिएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/३१ को सिफारिसमा संवत् २०७८ साल साउन ३ गते आइतबार दिनको १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्