Logo
Logo

प्रतिनिधिसभा बैठक तयारी : सांसदहरुको एन्टीजेन परीक्षण सुरु


दृष्टि संवाददाता


काठमाडौं । आइतबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुखसहित सांसदहरुको एन्टीजेन परीक्षण सुरु गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि बोलाएकी थिइन् । सोहीअनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पनि ३ गते नै बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

उक्त बैठकअघि सबै सांसद तथा कर्मचारीहरुको एन्टीजेन परीक्षण गर्न लागिएको हो । जसका लागि शुक्रबार बिहान ११ बजेदेखि सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको एन्टीजेन परीक्षण सुरु गरिएको संसद सचिवालयलय जनाएको छ ।

यस्तै, संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको पनि आजै एण्टीजेन परीक्षण गराइने संसद सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने फैसला गरेसँगै बैठक बोलाउन आदेश दिएको थियो । आइतबार दिउँसो ४ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्