Logo
Logo

२ हजार ९२६ संक्रमित थपिए, ४३ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा थप २ हजार ९२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ९ हजार ६१३ जनाको पीसीआर गर्दा २ हजार ६ जना र ४ हजार ५६९ जनाको एन्टिजेन परीक्षण गर्दा ९३० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी कोरोना संमणबाट ४३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ७७५ जना संक्रमण मुक्त भएका छन् । यससँगै कोरोना मंक्रमणमुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्