Logo
Logo

खोप केन्द्र व्यवस्थित बनाउन प्रधानमन्त्री देउवाको निर्देशन


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र व्यवस्थित बनाउन र खोप अभियान प्रभावकारी बनाउन मुख्यसचिव र स्वास्थ्य सचिवालाई निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर देउवाले खोप केन्द्र व्यवस्थित बनाउन निर्देशन दिएका हुन् ।

पछिल्लो समय खोप केन्द्र सीमित हुँदा लाइन लामो हुने र अव्यवस्थित देखिएको गुनासो आइरहेका बेला देउवाले आवश्यकता अनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका हुन्।

देउवाले ट्वीट गर्दै भनेका छन्, ‘खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोपकेन्द्रहरू बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु ।’

सर्वोच्चको परामादेश अनुसार मंगलबार प्रधानमन्त्री बनेका देउवाले कोरोना विरुद्धको खोपमा विशेष प्राथमिकता देखाएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000