Logo
Logo

पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनिकरण गनुपर्छ : उर्जामन्त्री भुसाल


दृष्टि संवाददाता

693
Shares

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको पहिलो विकल्पको रुपमा जल उर्जा भएको बताएकी छन् ।

विद्युत् विकास विभागको २८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै बोल्दै मन्त्री भुसालले आफ्नो देशबाट उत्पादित जल उर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनिकरण गर्नुपर्ने बताइन् ।

यस्तै, निजी क्षेत्रले बनाउने जलविद्युत् लगायतको संरचनाबाट सरकार र स्थानीय जनताले निरन्तर रुपमा लाभ लिनसक्ने किसिमको बनाउन आवश्यक रहेको पनि उनले बताइन् ।

निजी क्षेत्रले एउटा निश्चित समयसम्म चलाउने सर्तमा निर्माण गर्ने संरचनाबाट सरकार र स्थानीय जनताले दीर्घकालसम्म लाभ लिन सक्ने संरचना बनाउन जोड दिनुपर्ने मन्त्री भुसालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्