Logo
Logo
दृष्टिका १० हेडलाइन्स् :

काठमाडौंमा कोरोनाविरुद्धको खोप सकिएकोदेखि सर्वोच्चविरुद्ध एमालेसम्म


दृष्टि संवाददाता


१. पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो , थप ४३ जनाको मृत्यु, २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार १ सय ८२ परीक्षणमा २ हजार ९ सय ३६ जनामा संक्रमण पुष्टि, संक्रमण हुनेको संख्या ६ लाख ६४ हजार ५ सय ७६ पुग्यो, २४ घण्टामा थप १ हजार ७ सय ७५ जना संक्रमणमुक्त, मौज्दात खोप सकिएसँगै काठमाडौंमा उपत्यकामा भेरोसेल खोप कार्यक्रम स्थगित ।

२. सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा एमालेले भण्डाफोर अभियान चलाउने, व्यक्तिका लागि अदालतले नै संविधान संशोधन गरेको आरोप, दलीय प्रणालीको आधारभूत प्रस्थापनमाथि प्रहार गरेको आरोप, लोकतान्त्रिक प्रणालीलाई गलत दिशातर्फ धकेलेको स्थायी कमिटीको निष्कर्ष, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय ।

३. माओवादीले एक मन्त्री र एक राज्यमन्त्री लिएर नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने, दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने, सपथ ग्रहण शनिवार अपराह्न ३ बजेका लागि तय ।

४. चिनियाँ राजदूत हाउ यान्छी राजनीतिक भेटघाटमा सक्रिय, प्रधानमन्त्री, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालसँग भेटवार्ता, दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल, नेपाललाई थप १६ लाख डोज चिनियाँ खोप अनुदानमा उपलब्ध गराउने प्रधानमन्त्री देउवासमक्ष घोषणा, चीनले कोरोना महामारीविरुद्धको युद्ध लड्न खेलेको भूमिकाको देउवाद्वारा प्रशंसा ।

५. नेपाली कांग्रेसको महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय, तल्लो तहको अधिवेशन भने केही समयपछि गर्ने गरी मिति सारिने, कांग्रेसमा निर्वाचन निर्देशिकाको टुङ्गो लगाउने जिम्मा सह–महामन्त्री डा प्रकाशशरण महत र नेता डा मीनेन्द्र रिजाललाई दिइयो, क्रियाशील सदस्यता छानविन समितिले दुई जिल्लाको छानविन सक्न बाँकी रहेको समेत बैठकद्वारा जानकारी ।

६. नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारका विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग, निरन्तर वैधानिकतामाथि प्रश्न उठाउँदै आएको गठबन्धन दलद्वारा सरकारले संसद छलेर अध्यादेशबाट बजेट जारी गरेपछि थप असतुष्ट, स्वेच्छाचारी ढंगले सरकार संचालन नगरि तत्काल राजीनामा दिन मुख्यमन्त्री पोखरेललाई आग्रह ।

७. आजबाट नयाँ आर्थिक वर्ष सुरु, गत आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब खर्च भएको अर्थ मन्त्रालयद्वारा जानकारी, विकास खर्च २ खर्ब २८ अर्ब मात्रै, राजश्वतर्फ ९ सय ३८ अर्ब मात्रै संकलन, २ खर्ब २४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको दावी, देशको आर्थिक स्थितिबारे जानकारी दिन छिट्टै श्वेतपत्र जारी गर्ने अर्थमन्त्री जनार्दन शर्माको घोषणा ।

८. आइतबारदेखि नेप्सेको प्रि ओपन सेसनमा २ प्रतिशत मात्रै मूल्य परिवर्तन हुने, न्युनतम १० पैसा मूल्य घटबढ गरी कारोबार गर्न सकिने, ग्लोबल आइएमइ बैंकले डेढ करोड रुपैयाँसम्मको घर कर्जा ७ दशमलव ९९ प्रतिशत ब्याज दरमै दिने, बजेटले तोकेको पूँजीगत लाभकर आजदेखि लागू, अब अल्पकालिन लगानीकर्ताले साढे ७ प्रतिशत कर तिर्नुपर्ने ।

९. नेपालले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने, एभीसी ले नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै खेल तालिका सार्वजनिक, आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने, नेपालमा कुनैपनि विदेशी लिग संचालनको लागि स्वीकृति नदिएको क्यानको प्रष्टिकरण, कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण रोकिएको खेलकूद अभ्यास र प्रशिक्षण पोखरामा शुक्रबारदेखि शुरु, टी–२० विश्वकपको समूह विभाजन, भारत र पाकिस्तान सुपर १२ मा भिड्ने ।

१०. र, विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड ९७ लाख नाघ्यो, चौथो वेभको घोषणा गरिएको दक्षिण कोरियामा कोभिडका सङ्क्रमितहरु बढ्दै, अफगानको मुठभेडमा भारतीय पत्रकार दानिश मारिए, तालिवानीद्वारा अफगानको नियन्त्रणमा रहेका ७ हजार कैदीबन्दी रिहा गर्न माग, युरोपमा एक शताब्दीकै खराब वर्षापछिको बाढी ५५ जनाको मृत्यु, ७० बेपत्ता ।

अफगानको मुठभेडमा भारतीय पत्रकार दानिश मारिए

प्रतिक्रिया दिनुहोस्