Logo
Logo

एनआइसी एशिया क्यापिटलको सञ्चालक समिति अध्यक्षमा कपिल ढकाल


दृष्टि संवाददाता


काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडको २०७८साउन १ मा सम्पन्न सञ्चालक समितिको ९२औँ बैठकको निर्णयबमोजिम सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई नियुक्ति गरेको छ ।

उनीसँग डिलोइट इन्डिया (बिग–४), आईसीआइसीआइ बैंक इन्डिया तथा हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उनी प्रोफेशनल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । साथै उनले एनआईसी एशिया बैंकको ट्रान्सफर्मेशनल जोर्नीको उद्गमविन्दु मानिएको Business Process Reengineering विभागको प्रमुखको भूमिकामा उक्त बैंकमा प्रस्थान गरी बैंकको उच्च व्यवस्थापन तहमा रहि १२ वर्षभन्दा बढीको बैंकिङ अनुभव रहेकोे छ ।

हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले हासिल गरेको लामो कार्यानुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाइ चुम्ने विश्वास लिइएको छ ।

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिकरुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेण्ट बैंकिङ तथा इन्भेष्टमेण्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्