Logo
Logo

जसपा सरकारमा सहभागी हुँदै, को-को बन्दैछन् मन्त्री ?


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने भएको छ ।

केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर समूहका सांसदहरु यादव समूहमा फर्कन थालेका छन् । ठाकुर समूहका सांसदहरु यादव समूहमा फर्कन थालेकाले जसपाको संसदीय दलमा समेत यादव समूहको बहुमत पुग्ने देखिन्छ । संसदीय दलमा समेत बहुमत पुगेपछि आधिकारिक जसपा यादव समूह नै हुने भएपछि सरकारमा सहभागी हुने भएको हो ।

ठाकुर पक्षमा रहँदै आएका सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानीलगायत सांसद यादव समूहमा फर्केका छन् । केही सांसद पनि फर्कने तयारीमा रहेका छन् ।

सिङ्गो जसपाको सांसद संख्या ३२ हो । त्यसमा केही दिन अगाडिसम्म ठाकुर समूहमा २० र यादव समूहमा १२ जना सांसद थिए । यादव समूहको आकालनअनुसार अब यादव समूहमा १९ जना सांसद हुनेछन् । त्यस्तो अवस्थामा संसदीय दलमा यादव समूह स्वतः बहुमतमा हुनेछ । संसदीय दलमा पनि बहुमत पुगेपछि यादव समूह आधिकारिक जसपा हुनेछ ।

यादव समूह पदाधिकारी, केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमतमै थियो । राष्ट्रियसभाका ३ सदस्यमध्ये तीनै जना यादव समूहका हुन् । संसदीय दलमा आज ५ जना थपिँदा यादव समूहमा १७ जना सांसद भएका छन् । थप दुई सांसदसमेत यादव समूहमा आउँदा १९ जना पुग्ने बताइएको छ ।

को–को मन्त्री बन्लान् ?
सरकारमा सहभागी हुने भएपछि जसपामा को–को सहभागी हुने भन्ने छलफले पनि तीब्रता पाएको छ । विशेषत दुई कोणबाट छलफल जारी छ । एक पक्षले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सहभागी हुने भनिरहेको छ भने अर्को पक्षले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा सहभागी हुनुपर्ने भन्ने गरेका छन् ।

महन्थ ठाकुर नेतृत्वको जसपा सरकारमा सहभागी हुँदा ठाकुर स्वयः सरकारमा नगएर त्याग गरेजस्तै यादवले पनि यसपटक त्याग गरेर अरुलाई अवसर दिँदै वरिष्ठ नेता श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने मत राख्ने गरेका छन् । कतिपयले भने अध्यक्षकै नेतृत्वमा सरकारमा सहभागी हुनु राम्रो हुने भन्दै आएका छन् ।

कति मन्त्रालय पाउँछ यादव समूहले ?
यसपटक कांग्रेस, माओवादी र जसपा सरकारमा सहभागी हुने भएकाले भागबण्डा गर्दा जसपाको भागमा तीनै पार्टीको सांसद संख्याकै आधारमा मन्त्रालाय पाउने हुन् । त्यस्तो अवस्थामा ५ मन्त्रालयसम्म जसपाले पाउनसक्ने आकालन छ । तर, सरकारमा सहभागी हुने र जसपाले कति मन्त्रालय पाउने भन्नेमा छलफल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्