Logo
Logo

एनएमबि बैंक र समाज कल्याण परिषद्बीच विद्युतीय भुक्तानी समझदारी


दृष्टि संवाददाता


काठमाडौं । एनएमबि बैंक र समाज कल्याण परिषद्बीच डिजिटल भुक्तानीसम्बन्धी समझदारी भएको छ । कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि समाज कल्याण परिषद्मा आबद्घ भएका नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र सबै सदस्यले समाज कल्याण परिषद्लाई तिर्नुपर्ने सम्पूर्ण भुक्तानी विद्युतीय प्रणाली (अनलाइन)मार्फत गर्न सकिने व्यवस्था गर्ने समझदारी भएको हो ।

समझदारी बैंकका कावा प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले नगदसहितबाट नगदरहित समाज निर्माणतर्फ उन्मुख हुन तथा आफ्ना मूल्यवान ग्राहकलाई डिजिटल भुक्तानीमा अभिप्रेरित गर्न होस्टेमा हैँसे गर्ने प्रयास रहेको बताए । कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, सदस्य सचिव पुष्कर खाती, प्रशासन प्रमुख सञ्जयकुमार मल्लिकले पनि अनलाइन भुक्तानी सम्बन्धमा महत्व र फाइदाहरूको विषयमा जानकारी दिएका थिए ।

समाज कल्याण परिषद्अन्तर्गत आबद्ध भएका भृकुटीमण्डप परिसरभित्रका दुई हजार सदस्यलगायत ५० हजारभन्दा बढी एनजिओ र २०० भन्दा बढी आइएनजिओले उक्त भुक्तानी प्रणालीबाट लाभान्वित हुने विश्वास लिइएको बैंकले जनाएको छ । हाल एनएमबि बैंकले देशभरि १८१ शाखा, १३७ एटिएम, नौ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्