Logo
Logo

कांग्रेस संसदीय दलको बैठक सुरु


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।

दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि प्रधानमन्त्री शेरबहादुर देउवा ढिलो पुगेपछि बैठक पौने तीन बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री देउवाले लिन लागेको विश्वासको मतबारे छलफल हुने छ । गत मङ्गलबार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाले आजै पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक विश्वासको मत लिँदै छन् । सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्