Logo
Logo

भीम रावलले सांसद पदबाट दिए राजीनामा


दृष्टि संवाददाता

6k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् । अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आइतबार राजीनामा दिएका हुन् ।

आइतबार प्रतिनिधि सभा बैठक बस्नुअघि रावलले राजीनामा बुझाएका हुन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको लिने कार्यसूची छ।

एमालेले भने विश्वासको मत नदिने निर्णय गरेको छ । तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले भने विश्वासको मत दिने बताएका छन् ।

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए ।

रावल २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका थिए । निर्वाचनमा २४ हजार ८८३ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस्