Logo
Logo

पूर्वमाओवादी नेतासँग विप्लवको भेटघाट


दृष्टि संवाददाता


काठमाडाैं । एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टको निवास धापाखेलमा नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले पूर्वमाओवादी नेताहरुसँग भेटघाट गरेका छन् ।

कैलाली पुगेर विप्लवले एमाले नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, मणि चन्द्र थापा र प्रभु शाहसँग भेटेका हुन् ।

भेटघाटमा विप्लवले कम्युनिस्ट आन्दोलन र देशबारे चिन्ता व्यक्त गरेको भेटघाटमा सहभागी एक नेताले बताए । सर्वोच्च अदालतले गरेको निर्णयप्रति पनि विप्लवले असन्तुष्टि व्यक्त गरेका थिए ।

संविधानमा समेत नभएको विषयमा सर्वोच्चले फैसला गरेकाे प्रति विप्लवले असन्तुष्टी जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्