Logo
Logo

शेर्पा मलमा हार्ड रक क्याफे र रक सप


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकाको फ्लोरिडामा मुख्य कार्यालय रहेको ‘हार्ड रक इन्टरनेशनल’को शाखा काठमाडौंको ‘व्यापारिक हव’ दरबारमार्गस्थित शेर्पा मलमा संचालनमा आएको छ । आजु होल्डिङस् प्रा. लि.ले ‘हार्ड रक सप’को रुपमा आइतबारबाट शाखा संचालनमा ल्याएको हो ।

सपले नेपालका प्राकृति तथा सांस्कृतिक सम्पदा र नेपाल चिनाउने विभिन्न विम्वहरु प्रयोग गरेर तयार पारिएका (सोभेनियर) पोसाक विक्रिवितरण गर्ने ‘रक सप’ले आजकै दिनबाट सेवा प्रारम्भ गरेको छ । ‘रक सप’ले उत्पादन गर्ने पोसाकले विश्वामा नेपाललाई चिनाउन मद्दत पुग्ने संचालकको विश्वास रहेको छ ।

आजुले आगामी तीन महिना भित्र ‘हार्ड रक क्याफे’ समेत संचालनमा ल्याउने बताएको छ । क्याफे र सप दुबै एकैपटक संचालन गर्ने योजना रहेता पनि कोरोना महामारीका कारण क्याफे भने तीन महिनापछि मात्र संचालनमा ल्याउने तयारी गरिएको संचालकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्