Logo
Logo

शिक्षा मन्त्रालयले रद्द गरेको सञ्चालन अनुमति सर्वोच्च द्वारा खारेज


दृष्टि संवाददाता


धनगढी । सुदूरपश्चिमलाई शैक्षिक हवका रुपमा स्थापित गर्न सञ्चालनमा आएको धनगढीको प्रतिष्ठित वस्टर्न इन्टरनेसनल विजनेस स्कुलले दिएको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतले पठनपाठन सुरु गर्न पत्र पठाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्कुलले नविकरण शुल्क नतिरेको भन्दै मिति २०७६÷१२÷०४ गतेको मन्त्री परिषद्को बैठकले सञ्चालन अनुमति रद्द गरेको थियो ।

मन्त्रालयले सञ्चालन अनुमति रद्द गरेपछि स्कुलका तर्फबाट राजकुमार सिंहले दिएको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतले पठानपाठन सुरु गर्न अनुमति पत्र पठाएको छ ।

आफूहरुले २०७६/०७७ सम्म नविकरण शुल्क तिर्दापनि मन्त्रालयले सञ्चालन अनुमति रद्द गर्न खोजेको बताउँदै स्कुलका प्रबन्ध निर्देशक शैलेन्द्र सिंहले सर्वोच्च अदालतले मन्त्रालयले रद्द गरेको सञ्चालन अनुमति खारेज गरेको आइतबार पत्रका सम्मलेलन गर्दै जानकारी दिए ।

अमेरिकाको डेल्टा यूनिभरसिटीबाट सम्बन्ध प्राप्त वस्र्टन इन्टरनेशनल विजनेश स्कुल सञ्चालन अनुमति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रद्द गरेपछि पठानपाठन समस्या उत्पन्न भएको थियो ।

सर्वोच्चको फैसलापछि भर्ना अभियान सुरु गरिएको प्रबन्ध निर्देशक सिंहले बताए । उनले भने, ‘विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन अनुमति खारेज गरेको थियो ।’

तर वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार खड्काको एकल इजलासले मन्त्रालयले रद्द गरेको सञ्चालन अनुमति खारेज गरेसंगै पठनपाठन सुचारु गर्न पत्र पठाएको छ ।

आइतबार विद्यालयमै पत्रकार सम्मेलन गर्दै प्रबन्ध निर्देशक डा. शैलेन्द्र प्रकाश सिंहले साउन ३ गतेबाट भर्ना अभियान सुरु गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्