Logo
Logo

प्रतिगमनविरुद्ध गठबन्धन गर्‍यौँ : राष्ट्रिय जनमोर्चा


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रिय जनमोर्चाले राजनीतिक रुपमा मतभेद भएपनि प्रतिगमनलाई परास्त गर्न गठबन्धनमा सहभागी भएको जनाएको छ ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले प्रतिनिधिसभामा बोल्दै जनताको हितलाई केन्द्रमा राखेर ५ दलीय गठबन्धन बनेको बताएकी हुन् ।

‘जब प्रतिगमनका कुरा आउँछन् जब अलोकतान्त्रिक कदमका कुराहरु आउँछन् । राजनीतिक मतभेद हुँदाहुँदै पनि दलहरुबीच सहकार्य भएको इतिहास नेपालमा छ । हाम्रो गठबन्धन त्यही परम्पराको निरन्तरता हो’, पौडेलले भनिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने समेत उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्