Logo
Logo

मेडिकल माफियाकाे हितमा काम नगर्न देउवालाई डा. केसीको सुझाव


दृष्टि संवाददाता


काठमाडाैं ।  चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नयाँ सरकारलाई मेडिकल माफियाको हितमा काम नगर्न सुझाव दिएका छन् ।

सोमबार पत्रकार सम्मलेन आयोजना गर्दै डा. केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई माफियाको हितमा काम नगर्न भनेका हुन् । उनले यदी सरकारले त्यसाे गरेमा जुनसुकै बेला आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्  ।

डा. केसीले देशमा नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्याहरु तथा तिनको समाधानका लागि तत्काल, मध्यमकाल र दीर्घकालमा गर्नुपर्ने कामहरुबारे ध्यानाकर्षण गराउनका लागि पत्रकार सम्मेलन आयोजना गरेको बताए ।

उनले चिकित्सा शिक्षा आयोगमा प्रधानमन्त्री र मन्त्रीहरु नरहने गरी ऐन संशाेधनको माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरुलाई आयोगमा राख्दा राजनीतिक हस्तक्षेप र विसंगति देखिने उनको तर्क छ ।

नयाँ सरकारसमक्ष पाँचबुँदे मागपत्र प्रस्तुत गर्दै डा.केसीले भनेका छन्, ‘पछिल्लो समयको अनुभवले चिकित्सा शिक्षा आयोगमा प्रधानमन्त्री र मन्त्रीहरुलाई राख्दा चरम् राजनीतिक हस्तक्षेप र विसंगति देखिने कुरा पुष्टि भएको छ ।

केसीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको आन्दोलनका सबै माग पुरा गर्नुपर्ने माग पनि राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्