Logo
Logo

पाल्पाका पाण्डेय परिवारको प्रगति, कृषिबाट मनग्य आम्दानी


कृष्ण दर्नाल


पाल्पा । तानसेन नगरपालिका–६, स्वामीडाँडाका विष्णु पाण्डेय १० वर्ष दुबई बसे । त्यहाँ उनले होटलमा काम गरेर मासिक पैसा पठाए । पैसा पठाइरहँदा उनमा खुसीको उन्माद थियो । अनेक सपना पूरा गर्ने अपेक्षा सहित विदेशिएका पाण्डेयको हरेक इच्छा पूरा हुँदै थियो । तर, उनको खुसीमा कोरोना महामारी दशा बनेर आयो । उनको व्यवसाय धरापमा पर्यो । होटलमा भ्याइनभ्याई हुने पाण्डेय १५ दिन काम र १५ दिन बिदा भएपछि डेरामा बस्नुपर्ने बाध्यतामा परे ।

आधा महिनाको रोजगारीले आफैलाई खाना, बस्नको पैसा नै अभाव हुन थाल्यो । घर परिवारलाई आवश्यक पैसा पठाउन नसक्ने अवस्था आयो । केही नलागेपछि अन्ततः उनी स्वदेश फर्किए ।

लामो समय विदेशमा रहेका पाण्डेयलाई सानोतिनो पेशामा हात हाल्न मनले मानेन । कोरोनाको संक्रमण विस्तारै हराएपछि फेरि दुबई जाने सोच बनाए । तर, कोरोना विश्वभर फैलिएकाले उनको त्यो चाहना पूरा हुन सकेन । त्यसपछि, उनले आफै केही गर्ने सोच बनाए ।

यसरी भए सफल
पाण्डेले नेपालमै बसेर आम्दानी गर्ने स्रोतको अध्ययन सुरु गरे । उनले आर्थिक तथा सिपमुलक सहयोग पाउने थाहा पाएपछि व्यवसाय गर्न तम्सिए । तानसेन नगरपालिकामा उद्यमशीलता व्यावसायिक प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र (इबिक)मा व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने विषयमा परामर्श पाएपछि उनले पशुपालन व्यवसाय अंगिकार गरे ।

इबिकद्वारा सञ्चालित उद्यमशीलता कक्षाको परामर्शपछि कृषि कर्म गर्न सहमत भए । उद्यमशीलता कक्षबाट स्वरोजगार तथा उद्यमशिल हुन चाहने व्यक्तिलाई व्यावसायीकरण बारे आवश्यक कार्य सेवा तथा परामर्श प्राप्त भएपछि पाण्डेय व्यावसायिक रूपमा कुखुरापालन गर्न थाले ।

पाण्डेयले व्यावसायिक रूपमा स्थानीय जातका कुखुरापालन व्यवसाय सञ्चालन गरेपछि अहिले उनलाई विदेशमा रोजगारी गुमेको कुनै सुर्ता छैन । गत वर्षको लकडाउन पछि कुखुरापालन थालेका पाण्डेयले अहिले विक्री गर्ने तयारीमा गरिरहेका छन् । उनको फार्ममा अहिले सात देखि एक किलोसम्म कुखुरा छन् । स्थानीय बजारमा स्थानीय कुखुराको मूल्य सात सय रहेको पाण्डेयको भनाई छ । यही पेशालाई निरन्रता दिदै आगामी दिनमा लाखौ आम्दानी गर्ने योजना बुनेका पाण्डेयको अहिलेको मुख्य आम्दानीको स्रोत नै यही भएको छ ।

कोभिड १९ को प्रतिकार्यका लागि यूवा उद्यमशीलता विकास परियोजनाका माध्यमबाट सामाजिक तथा आर्थिक पुन ः प्राप्ति कार्यक्रम अन्तर्गत पाण्डेयले डेढ सय स्थानीय जातका कुखुराका चल्ला, खोरका लागि जाली, भिटामिन लगायतको सहयोग पाएपछि कुखुरापालन गरिरहेका छन् । “परिबारसँग बसेर काम गर्दाको मज्जा फरक हुँदो रहेछ, अहिले चार जनाको परिवार कुखुरापालनमा नै व्यस्त छौं,” पाण्डेले भने ।

तानसेन नगरपालिका ७ शिखरडाँडाकी चन्द्रकला पाण्डेय कंडेलको पनि जीवनशैलीमा फेरबदल आएको छ । कोभिडले परिवारको मुख्य पेशाबाट विथापित हुनुपर्ने अवस्था आएपछि मिहिनेतले जीवनशैलीमा परिवर्तन आएको हो । कोभिडले सप्लार्यसको व्यवसाय सञ्चालन समस्या भयो । लगानी समेत उठाउन कठिन भएपछि उनीहरूको व्यवसाय नै बन्द भयो । आम्दानीको स्रोत गूमाएपछि परिवारमा आर्थिक समस्या देखियो । त्यसपछि देवर रामप्रसाद कंडेल उद्यमशीलता व्यावसायिक प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्रमा पुगे ।

त्यहाँबाट सिकेको ज्ञान लिएर अहिले पाण्डेयले बाँझो जमिन भाडामा लिइ व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । १२÷१५ वर्ष बाँझो रहेको जमिन बार्षिक ३ हजार भाडामा सम्झौता गरी अहिले व्यावसायिक रूपमा तरकारी खेती भइरहेको छ । तीन रोपनी जमिनमा घरमा खान खेती गरिएको भएपनि अहिले अरुको जग्गामा तरकारी लगाएर आम्दानी गर्दै आएको काँडेलको भनाइ छ ।

के हो उद्यमशीलता व्यावसायिक प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र र इविक ?
तानसेन नगरपालिकाको भवनबाट सञ्चालित व्यावसायिक प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्रमा उद्यमशील बनाउने कक्ष, व्यवसाय प्रवद्र्धन कक्ष र नवपवर्तन तथा आविष्कार कक्षबाट सेवा दिने गरिएको छ । यसले नगरपालिकाभित्र नयाँ उद्योग, व्यवसायको शुरुवात, सञ्चालन र बजारीकरण गर्न सहजीकरण गर्दै आएको छ ।

Image preview

तानसेन नगरपालिका, युएनडीपीको आर्थिक सहयोगमा ग्रामीण आर्थिक विकास संघ (रेडा) द्धारा आयोजित उद्यमशीलता व्यावसायिक प्रवद्र्दन तथा नवप्रवर्तन केन्द्र सञ्चालनले ज्ञान, सीप र पुँजीको अभाव रहेका यूवाहरु तथा कोरोनाले रोजगार गूमाएकाहरुलाई उद्यमशीलता बन्ने अबसरबाट बञ्चित हुनुपरेको छैन ।

इविकले सीप भएर पनि पूँजीको अभावमा व्यवसाय सञ्चालन गर्न नसकेका र पूँजी भएर पनि सिपकै अभावमा व्यवसाय सञ्चालन गर्न नसकेका २५ युवालाई सहयोग गरिएको छ । नगरपालिका भित्रका कोभिड १९ को प्रतिकार्यका लागि यूवा उद्यमशीलता विकास परियोजनाका माध्यमबाट सामाजिक तथा आर्थिक पुन ः प्राप्ति कार्यक्रम १५ करोड चालीस लाख बराबर लगानीमा नगरपालिकाभित्रका युवाहरुलाई उद्यमी बनाउन थालिएको हो । हालसम्म नगरपालिकाभित्रका दुई वर्षको अवधिमा २ हजार १ सय ८३ जना लक्षित समुहले सेवाबाट लाभान्वित भएका छन् ।

Image preview

बाँसबाट फर्निचर तालिम, पाल्पाली करुवा, पाल्पाली ढाका सम्वन्धि तालिम, माछापालन, पृष्प खेती, दुध प्रशोधन तालिम, टपरी बनाउने तालिम प्रदान गरिएको इविकले दिने गरेको छ । त्यसैगरी फापर खेती, मरिज खेती, कौशी खेती, बँगुरपालन, कुखुरापालन, ओखर खेती, सुर्यमुखी फूलको खेती, बेमौसमी तरकारी खेती, खुर्सानी अलौची खेत, विभिन्न प्रकारका डाले तथा भुई घाँस, कागती तथा सुन्तलाको नर्सरी सम्वन्धि तालिम, बीउ विजन परियोजनाले प्रदान गरेको छ ।

Image preview

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बेरोजगार तथा रोजगारी गूमाएका व्यक्तिहरुलाई उद्यमशीलता बनाउन शुरुवात गरिएको यो कार्यक्रम देशभरकै नमुनाको रुपमा आउनु सकारात्मक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्