Logo
Logo

जसपा संसदीय दलको विधान पारित


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सांसदीयल दलको विधेयक पारित गरेको छ ।

मंगलबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त विधेयक पारित गरेको हो । बैकठमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईसमेत २० सांसदको उपस्थिति थिए ।

संसदीय दलको नेता र सरकारमा पठाउने मन्त्रीहरुको नाम भने अर्को बैठकले टुंगो लगाउने बैठकले निर्णय गरेको छ । शेरबहादुर देउवा नेतृत्व गठबन्धनमा रहेको जसपाको उपेन्द्र पक्ष देउवा प्रधानमन्त्री बनेसँगै सरकारमा जाने तयारीमा छ ।

जसपाको महन्थ ठाकुर( राजेन्द्र महतो पक्षले पनि देउवालाई विश्वासको मत दिएपनि सरकारमा सहभागी हुने नहुने विषयमा भने केही निर्णय गरेको छैन । विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तारमा लागेका छन् ।

प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । तीमध्ये बहुमत सांसदहरु उपेन्द्र यादवको पक्षमा छन् । यसअघि ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर, अहिले महतो अल्पमतमा परिसकेका छन् ।

जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्