Logo
Logo

जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास बिहीबार


दृष्टि संवाददाता


काठमाडाैं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी भित्र देखिएको विवाद निरुपणका लागि बिहीबार इजलास ताेकेकाे छ ।

आयोगले भोलि बुधबारका लागि विवाद निरुपणका लागि इजलास तोकेकोमा सार्वजनिक बिदाका कारण विहीबार इजलासमा बहस गर्ने जनाएकाे हाे ।

आयोगले जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षसँग एकता हुँदाको सक्कल कागजातसहित विवाद शुरु भएपछि दुबै पक्षबाट गरिएका निर्णयका सक्कल कागजात मागेको थियाे ।

आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो । सो इजलासले ३ साउनबाटै जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो ।

आयोगले अब पहिले दुबै पक्षबाट आएका कागजात अध्ययन गर्ने छ भने त्यसपछि दुबै तर्फबाट आउने कानुन व्यवसायीहरुसँग बहस र सुनुवाइ गर्ने छ ।

आयोगले त्यसपछि दुबै पक्ष प्राप्त कागजात र प्रमाणका आधारमा विवाद टुंगाउन सहमत भए सहमतिमा नै विवादको निरुपण गर्नेछ भने नभए दुबै पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समितिमा रहेका सदस्यहरुलाई नागरिकता वा मतदाता परिचय पत्रसहित आयोग बोलाएर ‘हेड काउन्ट’ अर्थात कुन पक्षमा कति भन्ने हेर्ने छ ।

प्रतिक्रिया दिनुहोस्