Logo
Logo

भीम रावललाई भेट्न टोखा पुगे माधव नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई भेट्न वरिष्ट नेता माधवकुमार नेपाल टोखा पुगेका छन् । बुधबार बसेको आफूपक्षीय स्थायी कमिटीको बैठकमा सहभागी नभएपछि नेता नेपाल रावललाई भेट्न उनकै निवास पुगेका हुन् ।

सांसद पदबाट राजीनामा दिएका रावल पछिल्लो समय एमालेका दुवै पक्षसँग असन्तुष्ट छन् । माधव पक्षले रावलको आग्रह नमानी शेरबहादुर देउवालाई विश्वासको मत थिएका थिए । त्यसपछि माधव पक्षसँग पनि रावल असन्तुष्ट छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिने बेला साउन ३ गते रावलले सांसद पदबाटै राजीनामा दिएका थिए । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

नेता नेपालले राजीनामाका सम्वन्धमा अझै पनि पुनर्विचार गर्न मिल्ने सुझाव दिएका छन् ।

रावल केपी शर्मा ओली प्रधानमन्त्री रहँदासम्म खरो आलोचक थिए । रावललाई अध्यक्ष ओलीले माधव नेपालसँगै पार्टीबाट कारवाही गर्ने र कारवाही फिर्ता लिने कार्य समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्