Logo
Logo

एकता प्रक्रिया अघि बढाउन ओलीलाई नेपाल पक्षको आग्रह


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकतामा जोड दिन आग्रह गरेको छ । नेपाल समूहकाे अनाैपचारिक बैठकले माधवकुमार नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ प्रयास गर्न आग्रह गरेको हो ।

बैठकले पार्टीका नेताविरुद्ध नारा जुलुस गर्ने एवं पुत्ला जलाउनुका साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने काम बन्द गर्न समेत सुझाव दिएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गाेकर्ण विष्टले उत्तेजना र आवेगमा कुनै पनि गतिविधि रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन समेत ध्यानाकर्षण गराइएको जानकारी दिए ।

यस्तै, बैठकका निर्णय सुनाउँदै नेता रघुजी पन्तले आज २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गर्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्