Logo
Logo

अर्थमन्त्री शर्माले अर्थतन्त्र उकास्नेमा प्रधानमन्त्री देउवाकाे विश्वास


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्माबाट देशको अर्थतन्त्र उकासिने दावी गरेका छन् ।

बुधबार नेपाल उद्योग परिषसंघको १८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रलाई सुधार गर्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री देउवाले मिहिनेती र भिजन भएको नेता भन्दै शर्माको प्रशंसा पनि गरे।

’हाम्रो अर्थमन्त्री अत्यन्त मेहनेती हुनुहुन्छ, उहाँप्रति विश्वास छ मलाई। नेपालको अर्थतन्त्रलाई उहाँले पहिलेको भन्दा माथि उठाएर आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ भन्ने विश्वास छ मलाई,’ देउवाले भने, ’उहाँले सक्नुहुन्छ पनि। अत्यन्तै मेहनती हुनुहुन्छ, भिजन पनि भएको व्यक्ति हो उहाँ ।’

प्रधानमन्त्री देउवाले कोरोना भाइरसको महामारीबाट मुक्त हुनका लागि निजी क्षेत्रको सहयोग आवश्यक पर्ने बताए। प्रधानमन्त्री देउवाले निजी क्षेत्रका व्यवसायीसँगै सबै जनतालाई निःशुल्क खोप उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्