Logo
Logo

एमाले केन्द्रीय कमिटी बैठकद्वारा चार प्रस्ताव पारित


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेले विभिन्न ४ प्रस्ताव पारित गरेको छ । अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा सहित चार प्रस्ताव पारित गरेको हाे ।

बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे आफ्नो विमति जनतासम्म पुर्याउने निर्णय गरेको छ । साथै, नेपालको संविधानको धारा ७६(५) लाई संसोधन गर्न पहल गर्ने समेत निर्णय भएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई खल्बल्याएको तथा दलीय प्रणाली खल्बल्याएकाले भन्दै यससँगका असहमतिहरु जनतामा पुर्याउने पहिलो प्रस्ताव छ ।

दोस्रो प्रस्तावका रुपमा ओली नेतृत्वको सरकार अनेकन प्रतिकुलताका वावजुद एतिहासिक कामहरु गर्न सफल भएको ठहर गरिएको छ ।

तेस्रो प्रस्तावमा एमालेले प्रतिपक्षका रुपमा प्रभावकारी भूमिका खेल्ने तथा संविधान, राष्ट्रियता र लोकतन्त्रका विषयलाई अग्रपंतिमा रहेर उठाउने उल्लेख छ ।

चौंथो प्रस्ताव कार्यकर्ताहरुलाई विद्यमान परिस्थितिबाट निराश नहुन आह्वान गर्दै छिट्टै पार्टीले कमब्याक गर्ने भनिएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताउनुभएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । तर, आन्दोलनलाई घात गर्ने प्रवृत्तिलाई भने कुनै पनि हालतमा सफल हुन नदिने अध्यक्ष ओलीको भनाई रहेको ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्